Section 70
उद्धार, संरक्षण र स्वास्थ्य परीक्षण गर्नु पर्ने
(१) बालबालिका विरूद्ध भएको हिंसा वा बाल यौन दुर्व्यवहारको सूचना, उजूरी वा जानकारी प्राप्त भएमा प्रहरी कर्मचारीले आवश्यक विवरण लेखी लेखाई, दर्ता गरी, बालबालिकालाई उद्धार गर्नु पर्ने भए तुरून्त उद्धार गरी पीडित बालबालिकालाई अस्थायी संरक्षण सेवामा पठाउनु पर्नेछ।
(२) प्रहरी कर्मचारीले पीडित बालबालिकालाई शारीरिक वा मानसिक पीडा परेको देखिएमा तत्काल उपचारको लागि नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पठाई निजको स्वास्थ्य परीक्षण र उपचार गराउनु पर्नेछ।
(३) प्रहरी कर्मचारीले पीडित बालबालिकाको बयान लिँदा बालबालिकाको बाबुआमा, परिवारका अन्य सदस्य वा संरक्षक उपस्थित हुन सक्ने भएसम्म उनीहरूको उपस्थितिमा र उपस्थित हुन नसकेमा सामाजिक संस्थाका महिला प्रतिनिधि वा समाजसेवीको उपस्थितिमा बयान लिनु पर्नेछ।
तर बाबुआमा, संरक्षक वा परिवारका अन्य सदस्यले बालबालिका विरूद्ध हिंसा वा बाल यौन दुर्व्यवहार गरेकोमा बयान लिँदा भने उनीहरूलाई उपस्थित गराउनु हुँदैन।